सन् २०२२ मा ओमिक्रोनका कारण स्वास्थ्य संकट आउने इयूको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष

ब्रसेल्स, १ पुस । युरोपेली संघ (ईयू)को स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ ।

चेतावनीमा त्यसले अस्पताल भर्ना र मृत्युको संख्या बढाउनेसमेत बताइएको छ । ‘यूरोपियन सेन्टर फर डिजीज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले सामाजिक दूरी, मास्क र बूस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ ।

युरोपेली स्वास्थ्य आयुक्तले ईयू देशहरूलाई आफ्ना क्षमता बढाउन र आवश्यक सावधानी अपनाउनु नै महामारी नियन्त्रणको उत्कृष्ट माध्यम भएको भन्दै सबै मुलुकले नियन्त्रणका लागि प्रयास थाल्न ढिला गर्न नहुने बताएका छन् ।

यसै बिषयमा युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले भने, ‘ओमिक्रोनका हकमा दुई वा तीन दिन नयाँ सङ्क्रमण दोबर बनेको देखिएको छ । यो निकै धेरै हो ।’ एजेन्सी

प्रतिक्रिया