डा. मिनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष

काठमाडौं, १ पुष । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्रीमा उम्मेदवार रिजाल मतगणनामा पछि परेपछि रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको १४औँ हाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना भइरहँदा रिजाल आफनो प्रतिस्पर्धी गगन कुमार थापा, विश्व प्रकाश शर्मा, प्रकाश शरण महत, प्रदिप पौडेलपछि उनी छन् ।

प्रतिक्रिया