जर्मन सरकारले नेपाललाई दियो ४१ लाख डोज कोरोनाविरुद्धको खोप
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष

काठमाडौं, १ पुष। जर्मन सरकारले कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ ।

जर्मन सराकारले १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई प्रदान गरेको हो ।

नेपालका लागि कार्यवाहक जर्मन राजदूत डा. स्टेफन रुसेकले आपसी सहयोगद्वारा मात्र यस महामारीसँग जुध्न सकिने बताए । उनले यस महामारीको सुरुवातदेखिनै जर्मनीले बहुपक्षीय मञ्च एसीटी–ए÷कोभ्याक्ससँग सहकार्य गरेको बताउँदै नेपाली जनतालाई कोभिड बिरुद्धको ४१ लाख खोप सहयोग गर्न पाएकोमा गौरवान्वित भएको जनाए ।

डा. रुसेकले युरोपेली संघका प्रतिनिधि स्टेफेन माइकन, युनिसेफका प्रतिनिधि एल्के विस र विश्व स्वास्थ्य संगठन प्रतिनिधि डा. विनोद बुराको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडालाई खोप हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया