विद्युत् प्राधिकरणद्वारा बिलिङ काउण्टर पुस ५ गतेसम्म बन्द
प्रकाशित:
२०७८, १ पुष
काठमाडौं, १ पुष। नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ ।
विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ । आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक रु ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ ।
सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका लागि महुसुुल काउन्टर पुस ५ गतेसम्मका लागि बन्द गरिएको प्राधिकरणले जनाएको छ । नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउण्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएको प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना