एमालेले देशलाई अस्थीरतातर्फ धकेल्ने दुष्प्रयास गर्‍यो: पौडेल
अखबार टुडे
प्रकाशित:
२०७८, २९ मंसिर

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका विरष्ठ नेता रामचन्द्र पौडेलले एमालेले देशलाई अस्थीरतातर्फ धकेल्ने दुष्प्रयास गरेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक गरेको संसद विघटनलाई सही थियो भनेर देखाउन संसद चल्न नदिएको र अहिलेको सरकारले पनि सदन चलाउन पहल नगरेको नेता पौडेलको भनाइ छ ।

सामाजिक सन्जाल फेसबुकमा उनले लेखेका छन्, ‘६ महिनाको समयमा दुई–दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पु¥याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् ।’ पौडेलले थप लेखेका छन्, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतीका सामु समर्पण गरेको ठहर्नेछ ।’

उनले राष्ट्रलाई अनिश्चिततातर्फ धेकेल्ने यी आपत्तीजक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकलाई पिने ध्यानाकर्षण गराए । उनले समावेशी संसदीय प्रणाली नै सिद्याउन खोजेको देखिएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया