च्याम्पियन्स लिग: नयाँ तालिकाअनुसार पीएसजीले रियल मड्रिड र युनाइटेडले एट्लेटिकोसँग खेल्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २८ मंसिर

काठमाडौं, २८ मंसिर । यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका फेरि सार्वजनिक भएको छ । यसअघि सोमवार दिउँसो सार्वजनिक गरिएको तालिकामा ‘प्राविधिक गल्ती’ भएको भन्दै फेरि तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको नयाँ तालिकाअनुसार च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा साल्जवर्गले बार्यन म्युनिखसँग खेल्नेछ । म्यानचेस्टर सिटीले स्पोर्टिङसँग, बेन्फिकाले अजाक्ससँग र चेल्सीले लिलसँग खेल्नेछ ।

यस्तै एट्लेटिको मड्रिडले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । यस्तै भिल्ला रियलले युभेन्ट्ससँग, इन्टर मिलान र लिभरपुल तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रियल मड्रिडबीच खेल हुनेछ ।

यसअघि दिउँसो भएको ’ड्र’ प्राविधिक त्रुटिका कारण रद्द गरिएको थियो । आउँदो फेब्रुअरी १५ देखि च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेल सुरु हुनेछ ।

यस्तो छ तालिका

प्रतिक्रिया