पराजित भएपछि कमल थापाको पीडा : निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न लिङ्देनलाई पत्र
अखबार टुडे
प्रकाशित:
२०७८, २७ मंसिर

काठमाडौं, २७ मंसिर । केही दिनअघि हिमानी शाहको फेक आइडीबाट राप्रपाका निर्वतमान अध्यक्ष लक्षित एउट ट्विट पोष्ट भएको थियो । जसमा लेखिएको थियो, ‘राजा र जनताका कति फरक रहेछ भन्ने कमल थापाले पुष्टि गरेका छन् ।’

राप्रपाका लामो समय रजगज गरेका थापा हालै सम्पन्न महाधिवेशनमा पराजित भए, युवा नेता राजेन्द्र लिङ्देनले जिते । पराजित भएपछि थापा पूर्वराजा ज्ञानेन्द्र शाहसँग आशक्ति पोखिरहेका छन् । पराजितको रिसमा थापाले धाराप्रर्वाह शोसल मिडियामा आफ्नो बेदना पोखिरहेका छन् । यतिसम्मकी उनले राजसंस्था पुर्नस्थापान गर्ने ठेक्का आफ्नै हातमा भए जसरी हुँकार पिटिरहेका छन् ।

यसैक्रममा सोमबार थापाले अध्यक्ष लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका छन् । उनले निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको पनि बताएका छन् ।

‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाईं पनि हुनहुन्न’, थापाले पत्रमा भनेका छन्, ‘तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई पनि यो प्रवृत्तिको शिकार अवश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।’

थापाले राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्न पनि लिङ्देनलाई आग्रह गरेका छन् । यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि थापाले जिकिर गरेका छन् ।

‘यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ । यस कार्यमा मेरो पूर्ण सहयोग हुनेछ । यस सम्बन्धमा केन्द्रीय कार्यसमितिले गर्ने बहुमतको निर्णय मेरो लागि शिरोधार्य हुनेछ’, थापाले भनेका छन्, ‘ यो विषयको निराकरण नभएसम्म पार्टीले कुनै गति लिन सक्दैन ।’

प्रतिक्रिया