च्याम्पियन्स लिग: अन्तिम १६मा रोनाल्डो भर्सेस मेस्सी
अखबार टुडे
प्रकाशित:
२०७८, २७ मंसिर

काठमाडौं, २७ मंसिर । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा  लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो भिड्ने भएका छन् ।
सोमबार सार्वजिनक गरेको युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को ड्रअनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेञ्च क्लब पिएसजीबीच आमने सामने हुने भएको हो ।
यससँगै क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीबीच फेरि एकअर्काविरूद्ध प्रतिस्पर्धा हुने भएको छ । पिएसजी र युनाइटेडबीच २०१८–१९ को सिजन यता चार पटक भिडन्त भएको छ । जसमा दुवै क्लबले दुई दुई जित हात परेका छन् । अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १६ र दोस्रो लेग मार्च ८ मा हुनेछ ।

यस्तो छ तालिका

प्रतिक्रिया