कांग्रेस महाधिवेशन : मतदानको पूर्वसन्ध्यामा यसरी हटाइयो प्रचार सामग्री
अखबार टुडे
प्रकाशित:
२०७८, २६ मंसिर

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको महाधिवेशन स्थलमा टांगिएका प्रचार सामग्री प्रहरीले हटाएको छ । निर्वाचनको प्रर्वसन्ध्यामा आइतबार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवासहित सबै उम्मेदवारको प्रचार सामग्री हटाएको प्रहरीले हटाएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा जारी काँग्रेसको १४औँ महाधिवेशन अन्र्तगत सोमबार बिहान ८ बजेबाट मतदान हुँदैछ । त्यसको अघिल्लो दिन आइतबार साँझ निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचार सामग्री राखेको भन्दै प्रहरीले ती सामग्री हटाएको हो ।

दिनभरी प्रचार सामग्रीका रुपमा होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, ब्यानर, प्रचारका सामग्रीहरु राख्न दिइएपनि साँझ प्रहरीको टोलीले सडक किनारमा रहेका त्यस्ता सामग्री च्यातिदिएको छ । आइतबार पनि ठूलो भीडले प्रचार सामग्री राखेपछि साँझ हटाउन लगाएको काँग्रेस महाधिवेशन निर्वाचन समितिका सदस्य एगराज पोखरेलले बताए ।

निर्वाचन आचारसंहिता अनुसार भृकुटीमण्डपका कुनै पनि क्षेत्रमा प्रचार सामग्री राख्न नपाइने, चुनाव प्रचार गर्न नपाइने बताउँदै सोमबार मतदानका समयमा अझ कडाइ गरिने पोखरेलको भनाइ छ ।

भृकुटीमण्डपदेखि पुतलीसडकसम्म सडकमा राखिएका चुनावी प्रचार सामग्री हटाइने बताए । उनले सोमबार मतदानका समयमा निर्वाचन स्थल आसपास भोट माग्दै जुलुस निकाल्नसमेत नपाइने उनले बताए ।

प्रतिक्रिया