सभापतिमा हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्- त्यसैले मैले जित्नै पर्छ, मलाई जिताइदिनु होला: देउवा
अखबार टुडे
प्रकाशित:
२०७८, २६ मंसिर

काठमाण्डौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशनमा आफूलाई जसरी पनि जिताउन आग्रह गरेका खन् ।
आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा उनले सभापति हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गरेका हुन् । उनले सभापतिमा हारेमा आफूमाथि धेरै प्रश्न उठ्ने समेत बताएको छ ।
‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उनले भने,’ त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’ यस्तै, उनले कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानु पर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताए ।

प्रतिक्रिया