कट्रिना र विक्कीको विवाहमा केकको चर्चा, त्यस्तो के थियो ?
अखबार टुडे
प्रकाशित:
२०७८, २४ मंसिर

काठमाडौं, २४ मंसिर । बलिउड अभिनेता विक्की कोशल र अभिनेत्री कट्रिना कैफ शुक्रबार वैवाहिक लगनगाँठो कसेका छन् । महिनौंदेखिको तयारीपछि उनीहरुको बिहे राजस्थानको सिक्स सेन्सेस फोर्टमा भएको छ । विवाहमा बलिउडका अधिंकाश कलाकार र संगीतकार राजस्थान पुगिसकेका छन् ।

पिंकभिल्लाका अनुसार विक्की र कट्रिनाले बिहेको दुई दिनअगाडि हुने संगीत समारोह पनि भव्य तरिकाले मनाए । संगीत समारोहमा यी जोडीले नृत्य प्रर्दशन गरेको बताइएको छ । विवाह समारोहमा सबैको ध्यान त्यहाँ ल्याइएको केकले तानेको थियो ।

उक्त केक भारतको प्रसिद्ध बेकरी माइरा झुनझुनवालाले बनाएको बताइएको छ । बलिउडको चर्चित जोडीको संगीतका लागि केकको जिम्मा पाएपछि माइराले पनि सबैको आँखामा पर्ने सुन्दर पाँच तल्ले केक बनाएको जनाएको छ । सो केक सिक्स सेन्सेस फोर्टभित्रै बनाइएको थियो । यसको मूल्य भने चार लाख भारुभन्दा बढी परेको भारतीय मिडियाले जनाएका छन् ।

विक्की र कट्रिनाको बिहे शुक्रबार सकिएको छ र राती अर्को भव्य भोज आयोजना गरिँदैछ । साथै उनीहरुको विवाहका लागि बनाइएको मन्डप पनि निकै राम्रोसँग सजाइएको छ ।

प्रतिक्रिया