शशांक कोइरालाको तर्क, ‘धर्म निरपेक्षता शब्द ठीक होइन, देश धर्म निरपेक्ष हुन सक्दैन’
अखबार टुडे
प्रकाशित:
२०७८, २४ मंसिर

काठमाडौं । नेपाली कांग्रेसका वर्तमान महामन्त्री डा. शशांक कोइरालाले ‘देश धर्म निरपेक्ष हुन नसक्ने’ बताएका छन् ।

शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. कोइरालाले ‘धर्मनिरपेक्षता शब्द ठीक नभएको’ समेत बताए ।

कोइरालालो भने, ‘धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन । न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ पार्टीको महाधिवेशनमा नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया