काठमाडौं, २४ मंसिर । मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक दुर्घटना हुँदा कम्तीमा ४९ जनाको मृत्यस हुनुका साथै दुर्घटनामा ५८ जना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा बालबालिका समेत रहेको बताइएको छ ।
यो मेक्सिकोमा आफ्नो प्रकारको सबैभन्दा खराब दुर्घटनाहरू मध्ये एक हो । ट्रक खतरनाक मोडमा पल्टिेको र चियापास राज्यको राजधानी टक्सटला गुटिएरेज जाने मुख्य सडकमा रहेको पैदल यात्री पुलमा ठोक्किएको बताइएको छ । घटनामा गम्भीर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।
ट्रकमा धैरैजसो होन्डुरसका आप्रवासी रहेको जनाइएको छ । मध्य अमेरिकामा गरिबी र हिंसाबाट भागेका सयौं हजार आप्रवासीहरू प्रत्येक वर्ष मेक्सिको हुँदै अमेरिका पुग्ने प्रयास गर्छन् । तिनीहरूमध्ये धेरैले तस्करहरूलाई पैसा तिर्छन्, जसले तिनीहरूलाई लामो यात्रामा भीडभाड र खतरनाक ट्रकहरूमा अवैध रूपमा ढुवानी गर्छन् ।