डीआईजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २३ मंसिर

काठमाडौं, २३ मंसिर । पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले शुक्रवार नयाँ पार्टी गठन गर्ने भएको छ ।
खरेलले भोलि पत्रकार सम्मेलन गरेर ‘नेपाल सुशासन अभियान नामक’ पार्टी गठन गर्न लागिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
बिहीवार बेलुकी जारी गरिएको विज्ञप्तिमा उनले राजनीतिक अस्थिरता, कुशासन, भ्रस्टाचार जस्ता कारणले देशले गति लिन नपाएको भन्दै नयाँ पार्टी गठन गर्न लागिएको बताएको छ ।
खरेलले एक नयाँ आयामका रूपमा सबै नेपालीको मर्म बुझ्न सक्ने गरी नेपाललाई सफल र शक्तिशाली देशका रूपमा स्थापित गर्ने उद्देश्यले पार्टी गठन गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया