कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार सुरु हुँदै, कांग्रेससँग कति छ पैसा ?
अखबार टुडे
प्रकाशित:
२०७८, २३ मंसिर

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको १४औँं माधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन प्रतिनिधि तथा कार्यकताका लागि कांग्रेसले तीन दिनका लगि खाना, बस्न र खाजाको व्यवस्था गरेको छ ।

केही दिनअघि कांग्रेसले जनाएकाअनुसार दैनिक ८ सय जनालाई खाना र खानाको व्यवस्था गर्दैछ । त्यसका लागि कति खर्च हुन्छ भन्ने अहिले नै यकिन अनमान गरिसकिएको छ्रैन ।

यस अवस्थामा कांग्रेससँग कति पैसा छ त ? यसको कौतुहलता कांग्रेसले मेटाएको छ । कांग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ । महाधिवेशनको पूर्वसन्ध्या बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले उक्त मौज्दात देखाएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकले आर्थिक प्रतिवेदनसहित महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन समेत पारित गरेको छ ।
त्यस्तै, पार्टी उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पनि आफ्नो प्रतिवेदन पेस गरेको थियो । त्यो पनि बैठकले पारित गरेको छ । बैठकले पारित गरेका सबै प्रतिवेदन महाधिवेशनको बन्दसत्रमा छलफलका लागि प्रस्तुत हुने प्रवक्ता शर्माले जानकारी गराए ।

त्यस्तै, महासमितिले परिमार्जन गरेको विधानलाई पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । अनुमोदित विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुनेछ । महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा समितिहरु गठन गरिएको छ । बैठकले मिडिया संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यलाई दिएको छ । निर्वाचनबारे जानकारी गराउने काम अधिवक्ता केशव रिजालले गराउने बताइएको छ ।

पार्टीको नीतिबारे छलफल गर्ने विषय महाधिवेशनको कार्यसूचीमा नराखिएको प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया