‘आरआरआर’को धमाकेदार ट्रेलर सार्वजनिक, बक्स अफिसमा नयाँ रेकर्ड राख्ने अनुमान
अखबार टुडे
प्रकाशित:
२०७८, २३ मंसिर

काठमाडौं, २३ मंसिर । वर्षकै प्रतीक्षित चलचित्र ‘आरआरआर’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको यो चलचित्रको मुख्य कलाकारमा जुनियर एनटीआर, राम चरन, अजय देवगण, आलिया भट्ट लगायतलाई देख्न सकिन्छ ।

ट्रेलर हेर्दा यो फिल्मको कथा बेलायती शासनमा आधारित रहेको अनुमान गर्न सकिन्छ, जसमा कयौं दमदार एक्सन देख्न सकिन्छ । यो फिल्म जनवरी ७, २०२२ मा विश्व बजारमा रिलिज हुँदैछ । यो चलचित्र विभिन्न चार भाषामा रिलिज हुनेछ । ‘बाहुबली’ निर्देशककोे चलचित्र भएका कारणले पनि ‘आरआरआर’ दर्शकमाझ सर्वाधिक प्रतीक्षित छ । बक्स अफिसमा यो चलचित्रले नयाँ रेकर्ड राख्ने विश्लेषण गरिएको छ ।

आरआरआरको धमाकेदार ट्रेलर
प्रतिक्रिया