भारतका पूर्वसेना प्रमुख विपिनसहित १४ सवार हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २२ मंसिर

काठमाडौं, २२ मंसिर । भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । उक्त हेलिकेप्टरमा भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिकासहित १४ अफिसर सवारको समाचारमा जनाइएको छ ।

भारतीय मिडियाले जनाएअनुसार हालसम्म ४ जनाको शव बरामद भएको छ । शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको छ । तीन जना घाइतेलाई अस्पताल लगिएको डीडी न्युजलाई उद्धृत गर्दै बीबीसी हिन्दीले भनेको छ । रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ ।

अल इन्डिया रेडियोका अनुसार रक्षामन्त्री राजनाथ सिंहले घटनाबारे संसद्लाई जानकारी दिनेछन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ ।

प्रतिक्रिया