बंगलादेशमा विद्यार्थीको हत्यामा संलग्न २० जनालाई मृत्युदण्डको सजाय
अखबार टुडे
प्रकाशित:
२०७८, २२ मंसिर

ढाका, २२ मंसिर (एजेन्सी) । बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थी अब्रार फहादको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाएको सरकारी वकिलले एएफपी समाचार समितिलाई बताको छ ।

फैसलापछि अदालतबाहिर पत्रकारसँग फहादका बुबा बरकाट उल्लाहले भने, ‘अदालतको फैसलाबाट म खुसी छु’, ‘दोषीहरूले सजाय छिट्टै पाउनेमा विश्वस्त छु ।’ मृत्युदण्डको सजाय सुनाइएकामा विश्वविद्यालयमा इन्जिनियरिङ र टेक्नोलोजी पढ्ने २० देखि २२ उमेर समूहका रहेका छन् । हत्या गरिएका फहाद पनि उनीहरूसँगै पढ्दै आएका थिए ।

प्रतिक्रिया