छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दुई वटा दाँत भाँचियो
अखबार टुडे
प्रकाशित:
२०७८, २१ मंसिर

सप्तरी, २१ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ ।

मंगलबार दिउँसो ३ बजे कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा विवाद हुँदा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिए ।

उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अपशब्द प्रयोग गर्न थालेपछि प्रतिवाद गरेको र त्यही क्रममा आफूले कुर्सी उठाएको उपाध्यक्ष मण्डलले बताए । तर उनलाई अध्यक्षको दाँत भाँचिए थाहा नभएको बताए । अध्यक्षभन्दा धेरै टाढा बसेको आफू नजिक आएर गालीगलौज गर्दै हातपात गर्न थालेपछि आफूले प्रतिकार गरेको उपाध्यक्ष मण्डलको भनाइ छ ।

घटनापछि अध्यक्ष सम्पर्कमा आएको छैन् सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले घट्नाबारे आफूहरुले पनि जानकारी पाएको बताए । ‘घटनापछि उहाँहरु आफैं घरतिर जानुभएको रहेछ । कुनै पनि पक्षले प्रहरीलाई जानकारी गराएको छैन’ उनले भने ।

प्रतिक्रिया