शीतकालीन ओलम्पिक बहिष्कारपछि अमेरिकालाई जवाफी कारबाहीको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, २१ मंसिर

काठमाडौं, २१ मंसिर (एजेन्सी) । अमेरिकाले सन् २०२२मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने सोमबार घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो ।

घोषणापछि यसबारेमा चीनले प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाले यस गल्तीको मूल्य चुकाउनु पर्ने बताएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाको यो घोषणालाई षड्यन्त्र भन्दै सफल नहुने बताएको छ ।

चीनले अघि भनेको छ, ‘यसबाट केवल दुई देशबीचको द्विपक्षीय कुराकानी र विभिन्न क्षेत्रमा हुँदै आएको सहयोगमा क्षति पुग्नेछ ।’ यसका साथै चीनले जवाफी कारबाहीको चेतावनी दिएको छ । अमेरिका केवल बेइजिङ शीतकालीन ओलम्पिकमा बाधा पुर्याउने कोसिस गरिरहेको र यसले अमेरिकालाई नैतिक अधिकार र विश्वसनियतामा असर पुग्ने चीनले भनेको छ ।

प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने जनाए पनि अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ ।

प्रतिक्रिया