पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन, अग्रिम चुनावको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, २० मंसिर

लिस्बोन, २० मंसिर (एजेन्सी) । पोर्चुगलका राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गर्दै अग्रिम चुनावको घोषणा गरेका छन् । उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ ।
सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ । संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन् । सरकारको बजेट पारित गर्नका लागि गत अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो ।

प्रतिक्रिया