![](https://akhabartoday.com/wp-content/uploads/2021/12/2.jpg)
काठमाडौं, २० मंसिर । नेपाल अर्बुद रोग निवारण संस्थाको जिल्ला शाखाको २९औँ जिल्ला सभा सम्पन्न भएको छ । सभापति अजयसिंह सुवालको सभापतित्व सम्पन्न समारोहमा सचिव दिव्यलक्ष्मी बज्राचार्य र कोषाध्यक्ष श्रीकृष्ण महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा नेपालका चर्चित कलाकार प्रशान्त ताम्राकारको फेसन नेटवर्क नेपाल ‘नो सेभ नोभेम्बर फेसन अफ कज’ नाम फेसन शोबाट उठेका रकम २५ हजार रुपैयाँ यस संस्थालाई सहयोग गरेका थिए ।
![](https://akhabartoday.com/wp-content/uploads/2021/12/1.jpg)
त्यस्तै, संस्थका आजिवन सदस्य निर्मला कार्की र लक्ष्मीमाया श्रेष्ठले पनि १०–१० हजार संस्थालाई सहयोग गरेका छन् । कार्यक्रममा निवर्तमान सभापति भागवत श्रेष्ठ, उपसभापति हरि गोपाल प्रधान र अन्य पदाधीकारीहरु गिरीन्द्रमान राजवंशी, प्रकाशसिंह प्रधान, वीरेन्द्रलाल श्रेष्ठ, किरणकुमार महर्जन, मचाकाजी महर्जन, जुना श्रेष्ठ, निर्णय श्रेष्ठ, फूपु तेन्जिङ्ग शेर्पा, सागर कटवाल, जगत महर्जन, माणिक रत्न शाक्य, रिकेश महर्जन, मिस नेवाः सुदिना श्रेष्ठ, जुनु त्वायना, रिमा श्रेष्ठ, रामकृष्ण गड्तौला, सागर श्रेष्ठ, शम्भु सुवेदी, विश्वनाथ पोखरेललगायतका आजिवन सदस्यको उपस्थित रहेको थियो ।