फेरि एकपटक सभापति भएर अझै राम्रो काम गर्न चाहन्छु: देउवा
अखबार टुडे
प्रकाशित:
२०७८, २० मंसिर

काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि एकपटक सभापतिमा भएर काम गर्न चाहेको बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले फेरि अन्तिम पटकका लागि फेरि सभापति हुन चाहेको बताएका हुन् । उनले भने, ‘म पार्टीको विधान बमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु ।’ त्यसका लागि एकपटक आफूलाई सहयोग गर्न देउवाले सबैलाई आग्रह पनि गरे ।

उनले आसन्न १४ औं महाधिवेशनमा काँग्रेसले शक्ति प्रदर्शन गरेर जनतालाई दुःख दिने पक्षमा नरहेको बताए । उनले झापादेखि दार्चुलासम्मका मान्छे काँग्रेसले काठमाडौंमा उतार्न सक्ने भएपनि महामारी फैलिन सक्ने कुरामा आफूहरु सजक रहेको बताउँदै महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नरहेको बताए ।

उनले भने, ’अहिले कोरोनाको नयाँ भेरियन्ट आइसकेको छ । त्यसैले काँग्रेसले त्यो जोखिम मोल्दैन । काँग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन,’ ।

प्रतिक्रिया