![](https://akhabartoday.com/wp-content/uploads/2021/12/KP-Sharma-Oli-1-2.jpg)
काठमाडौं, १७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानु नै अहिलेको विकल्प भएको बताँएका छन् ।
चितवनमा हालै सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीले शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान अहिलेको राजनीतिक निकास ताजा जनादेश भएको दोहो¥याँएका हुन् ।
एमालेले कारबाही गरेका सांसदलाई समावेश गरेर पार्टी विभाजन गराइएको आरोप उनको थियो । यही मङ्सिर २८ गते सङ्घीय संसद्को दुवै सदन आह्वान गरिएका सन्दर्भमा अध्यक्ष ओलीले भने, ‘हामीले कारबाही गरेका सांसदलाई कायम राखेर सदनको कारबाही चल्न सक्दैन । हाम्रो अवरोध कायमै रहन्छ ।’
नवनिर्वाचिन अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल, सचिवहरु गोकर्णराज विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, पद्मा अर्याललगायतले आज पदबहाली गरेका थिए । उनीहरुलाई पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले स्वागत गरेका थिए ।