नेकपा एमालेको अध्यक्षमा पुनः ओली विजयी, भीम रावलले कति मत ल्याए ?
अखबार टुडे
प्रकाशित:
२०७८, १४ मंसिर

चितवन, १४ मंसिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा भएको निर्वाचनमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । मंगलबार भएको मतदानको मत परिणामअनुसार भारी मतले विजयी भएका छन् ।

महाधिवेशन केन्द्रीय निर्वाचन आयोग अनुसार ओलीले १ हवार ८०८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी भीम रावलले २२३ सय मत पाएका छन् । अन्तिम मत परिणामको भने घोषणा भएको छैन ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।

प्रतिक्रिया