सुजिता भन्छिन्, ‘यसपटक मिस युनिभर्सको ताज नेपाल भित्रिन्छ’
अखबार टुडे
प्रकाशित:
२०७८, १४ मंसिर

काठमाडौं, १४ मंसिर । यही आगामी १२ डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स–२०२१’ मा सहभागी हुन सुजिता बस्नेत त्यसतर्फ उडेकी छन् । सो प्रतियोगीतामा ७० बढी देशमा सुन्दरीले सहभागीता जनाउँदैछन् ।

‘मिस युनिभर्स नेपाल’ विजेता बस्नेत शनिबार इजरायल उडेकी हुन् । इरजायल उड्न् अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’को ताज नेपाल भित्रिने आश गर्न सकिने बताइन् । उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उदेश्यसहित आफु सहभागी हुन लागेको बताइन् ।

प्रतियोगीताका लागि उनले नेपालको पहिचान झल्कने एक कस्ट्युम सहित बिभिन्न तयारी गरेकी छन् ।

प्रतिक्रिया