मत दिएनन् भने कमिटी बाहिर बस्ने कुरा त सामान्य हो: भीम रावल
अखबार टुडे
प्रकाशित:
२०७८, १४ मंसिर

चितवन, १४ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलले अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने घोषणा गरेका छन् ।

मङ्गगलवार चितवनको सौराहामा मतदान सकिएलगत्तै सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले केन्द्रीय कमिटीको सदस्यका लागि उम्मेदवारी नदिएको दोहो¥याउँदै त्यसमा शपथ लिन नसक्ने पनि स्पष्ट पारे । उपाध्यक्ष रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । अध्यक्ष पदमा विजय भए शपथ लिन्छु, अरूमा त मैले भरेकै छैन । अब प्रतिनिधिहरूले मत दिएनन् भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि मेरा लागि । त्यो त केही छैन ।’

रावलले पार्टीको आठौँ महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले शपथ नलिएको पनि स्मरण गराए । रावलले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया