मेस्सीलाई सातौँ पटक बालोन ‘डी’ ओर अवार्ड, लेवान्डोस्की ‘स्ट्राइकर अफ दि इयर’
अखबार टुडे
प्रकाशित:
२०७८, १४ मंसिर

काठमाडौं, १४ मंसिर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीे सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै सातौँ पटक बालोन ‘डी’ ओर अवार्ड जितेका छन् ।

फ्रेन्च फुटबलले गएराति विशेष समारोहकाबीच मेस्सीलाई बालोन ‘डी’ ओर अवार्ड प्रदान गरेको हो । मेस्सीले रोबर्ट लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सीले यसअघिसन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यो अवार्ड जितेका थिए । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बनेका छन् ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा रहे । मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो ।

महिलातर्फको बाला ‘डी’ ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । यस्तै जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दि इयर’ प्राप्त गरेका छन् । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

प्रतिक्रिया