उमेरहदका कारण एमाले नेतृत्वबाट चार नेता बाहिरिए
प्रकाशित:
२०७८, १३ मंसिर
काठमाडौं, १३ मंसिर । उमेरहदका कारण नेकपा एमालेका चार जना पुराना नेताहरु अमृतकुमार बोहरा, डोरमणी पौडेल, सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डे पार्टीको नेतृत्वबाट बाहिरिएका छन् ।
७० वर्ष नाघेको व्यक्तिले पार्टीको कार्यकारी पदमा बस्न नपाउने एमालेको विधानमा उल्लेख छ । उनीहरूलाई अन्य राजकीय पदहरूमा जान भने विधानले रोक्दैन । एमालेका पुराना नेता बोहरा पार्टी अनुशासन आयोगका अध्यक्ष थिए । उनी उमेरले ७३ वर्ष पुगेका उनले पार्टी नेतृत्वबाट अवकाश पाएका हुन् ।
मण्डल, पौडेल र पाण्डे पनि ७१ वर्ष पुगेका छन् । मण्डल एमाले स्थायी समिति सदस्य र प्रदेश २ का इन्चार्ज थिए । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल केन्द्रीय सदस्य थिए । यस्तै पाण्डे चीनका लागि राजदूत नियुक्त भएका थिए । उनलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’