माओवादी नेता पुनको स्वास्थ्यमा सुधार
प्रकाशित:
२०७८, १३ मंसिर
काठमाडौं, १३ मंसिर । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ । उपचार सुरु गरेपछि उनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिए ।
गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर उपचार सुरु गरिएको थियो । विशेष गरी अमलपित्त बिग्रिएका कारण वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या देखिएका थिए ।
उपचारमा संलग्न चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने जानकारी दिएको नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादीका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए । नेता पुन गत असोज १३ गते उपचारका लागि बैंकक गएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार