एमाले महाधिवेशन : नेतृत्व चयनमा सकस, अझै सुरु भएन बन्दसत्र
अखबार टुडे
प्रकाशित:
२०७८, १२ मंसिर

चितवन । नेकपा एमालेको चितवनमा जारी १०औंँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन जटिल बन्दै गएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने हर प्रयास गरेपनि आइतबार साँझसम्म सम्भव भएको छैन । सोही कारण आइतबार बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र साँझ ८ बजे पनि सुरु भएको छैन ।

पछिल्लो पटक साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिएको थियो । तर, नेतृत्व चयनबारे सहमति हुन नसक्दा एक घण्टा सरेको एमाले नेता युवराज ज्ञवालीले जनाकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार पनि बन्दसत्रको समय एक घण्टा गुज्रिएको छ ।

अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने बताइएको छ । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिने कार्यक्रम छ । तर, अध्यक्षका दावेदार वर्तमान उपाध्यक्ष भीम रावलले आफ्नो अडान कायम राखेका छन् ।
यस्तै, सुवास नेम्बाङ पनि आफ्नो अडान छाडेका छैनन् । उनले बरिष्ठ उपाध्यक्षमा दावी गर्दै आएका छन् ।

प्रतिक्रिया