एमाले महाधिवेशन: बन्दसत्र साँझ ७ बजेदेखि सुरु हुने
अखबार टुडे
प्रकाशित:
२०७८, १२ मंसिर

चितवन, १२ मंसिर । चितवनको सौराहामा जारीे नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज(आइतबार) साँझ ७ बजेदेखि सुरु हुने नेता गोकुल बाँस्कोटाले जानकारी दिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेता बाँस्कोटाले सञ्चारकर्मीलाई सोबारे जानकारी दिँदै सहमतिको प्रयासको निरन्तरताका लागि पहल भइरहेको बताए । उनले अध्यक्षका आकांक्षी निवर्तमान उपाध्यक्ष डा भीम रावल एमालेकै नेता भएको र पार्टीमै रहेको स्पष्ट पारे ।
एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वका लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिए । निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ ।

प्रतिक्रिया