जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २७ घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, १२ मंसिर

जाजरकोट, १२ मंसिर । जाजरकोट भेरी नगरपालिका–१३ बराहचौर नजिकै बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने अन्य २७ जना घाइते भएका छन् ।
गएराति नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बसमा ३२ जना यात्रु थिए । ज्यान गुमाउनेको परिचय खुल्न नसकेको र घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया