एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आइतबार बिहान ८ बजे सुरु हुने
अखबार टुडे
प्रकाशित:
२०७८, ११ मंसिर

चितवन, ११ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनअन्तरगत निर्वाचनसम्बन्धि प्रक्रिया आइतबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रबारबाट जारी महाधिवेशनको शनिबार साँझ बन्दसत्रले सम्पन्न भएको छ ।

एमाले महाधिवेशनका निर्वाचन आयोग प्रमुख डा. बिजय सुब्बाले आइतबार विहान ८ बजेबाट निर्वाचन सम्बन्धि प्रक्रिया सुरु हुने बताए । उनले निर्वाचन सम्बन्धि सबै वैधानिक प्रक्रिया अपनाउने जनाएका छन् । बन्दसत्र आइतबार बिहान १० बजेदेखि पुनः शुरु हुने बताइएको छ ।

प्रतिक्रिया