एमाले महाधिवेशन : पदाधिकारी प्रस्ताव गर्ने अधिकार ओलीलाई, तर रावलले भने, ‘म मान्दिनँ’
अखबार टुडे
प्रकाशित:
२०७८, ११ मंसिर

चितवन, ११ मंसिर । नेकपा एमालेको महाधिवेशन बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यको नामावली प्रस्ताव गर्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

शनिबार साँझ सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका हुन्, जसलाई अधिकांशले ताली बजाएर समर्थन गरेका छन् ।

तर, एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने निर्णय नमान्ने बताएका छन् । उनले अध्यक्षमा उम्मेदवारी दिने आफ्नो अडान कायम राख्ने बताए ।

एमालेले यस महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी राखेको छ । सर्वसम्मत नेतृत्य चयन गर्न सहमतिका लागि शनिबार दिनभर ओलीले नेताहरुसँग छलफल गरेका थिए । त्यसपछि मध्यान्ह ३ बजे सुरु भएको बन्दसत्रमा पौडेलले सो प्रस्ताव राखेका थिए ।

खरेलको प्रस्तावमा अधिंकाश प्रतिनिधिले सहमत जनाएपनि वर्तमान उपाध्यक्ष तथा अध्यक्षका दावेदार रावलले नमान्ने भएपछि एमालेमा नेतृत्य चयन सकस बन्दै गएको छ ।

प्रतिक्रिया