कांग्रेस महाधिवेशन : ३५ जिल्लाका सभापतिको नजिता, देउवाका १६ र पौडेल समूहका १९
अखबार टुडे
प्रकाशित:
२०७८, ११ मंसिर

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउनेक्रम जारी छ । सोक्रममा शनिबारसम्म ३५ जिल्लाका सभापतिको नतिजा आएको छ । जसमध्ये सभापति शेरबहादुर देउवा पक्षका १६ जना सभापति निर्वाचित भएका छन् ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १९ जिल्ला सभापति जितेको छ । पौडेल पक्षले दाबी गरेकामध्ये जाजरकोटका वेदराज सिंह र रुकुम पश्चिमका प्रेमप्रकाश वलीलाई संस्थापन पक्षले भने आफूनिकट दावी गरेको छ । अधिवेशनको दौरान पौडेल पक्षबाट उम्मेदवारी दिने तयारी गरेका सिंह र वलीले सर्वसम्मत सभापति बनेपछि गुटका आधारमा खुल्न नचाहेको बताइन्छ ।

१। शंकर गुरुङ – मनाङ
२। खड्क बोहरा – बझाङ
३। गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४। मोहनविक्रम सिंह – हुम्ला
५। कान्छाराम तामाङ – रामेछाप
६। ऐनबहादुर शाही – मुगु
७। खमवी गर्बुजा – म्याग्दी
८। केशबहादुर विष्ट – सल्यान
९। रुपनारायण जबेगु – पाँचथर
१०। नरेन्द्रबहादुर सिंह – डोटी
११। दीपेन्द्रबहादुर शाही – डोल्पा
१२। कर्णबहादुर शाही – जुम्ला
१३। तेजेन्द्र खनाल– ओखलढुंगा
१४। डा। टकराज गुरुङ – लमजुङ
१५। भीमबहादुर साउद – डडेल्धुरा
१६। रामकृष्ण खाँण – रुपन्देही

पौडेल पक्षका

१। रोमी गौचन थकाली – मुस्ताङ
२। केशरमान रोका – रुकुम पूर्व
३। दीपक खड्का– संखुवासभा
४। नन्दप्रसाद न्यौपाने – गोरखा
५। विष्णु राई – खोटाङ
६। हिमालदत्त श्रेष्ठ –पाल्पा
७। राजु थापा – स्याङ्जा
८। किशोर आचार्य – रोल्पा
९। विष्णुकुमार गिरी – प्यूठान
१०। अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
११। विनोद बान्तवा – भोजपुर
१२। केशव श्रेष्ठ – अर्घाखाँची
१३। चतुरबहादुर चन्द – बैतडी
१४। बर्मा लामा – दोलखा
१५। अम्मबहादुर शाही – कालीकोट
१६। रामसिंह रावल – बाजुरा
१७। प्रेमप्रकाश ओली – रुकुम पश्चिम
१८। वेदराज सिंह – जाजरकोट
१९। अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम

प्रतिक्रिया