पोर्चुगल र इटलीमध्ये एक देशले २०२२को विश्व कप गुमाउने पक्का
अखबार टुडे
प्रकाशित:
२०७८, ११ मंसिर

काठमाडौं, ११ मंसिर । फिफा विश्व कप २०२२को युरोपेली छनोट प्लेअफमा पोर्चुगल र इटली दुवै देश एउटै समूहमा परेसँगै एक देशले मात्रै विश्व कप खेल्न पाउने पक्का भएको छ ।
शुक्रबार सार्वजिनक भएको ड्रमा इटली र पोर्चुगल समूह ‘सी’मा परेका छन् । यो समूहका इटली, पोर्चुगल, टर्की र उत्तर म्यासेडोनिया मध्ये एउटा टिम मात्रै विश्व कपमा पुग्नेछन् । पोर्चुगलले टर्की र इटलीले नर्थ म्यासेडोनियासँग खेल्नेछन् । दुई टोलीबीचको विजेताले विश्व कपमा स्थान बनाउने छ भने पराजित हुने टोली बाहिरिने छ ।

प्रतिक्रिया