नेपाल खबर

नेपालमा फेरि बढ्न थाल्यो कोरोना : पछिल्लो २४ घण्टामा २७० जनामा संक्रमण पुष्टि

काठमाडौं, १० मंसिर । नेपालमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ६ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जना गरी २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०२ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ९७९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ भने ८ लाख १ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २८७ जना रहेका छन् । जसमध्ये ६ हजार ८९६ जना होम आइसोलेसनमा रहेका छन् भने ३९१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १७५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top