एमालेको १०औँ महाधिवेशन : पाँच लाख उत्रेकै हुन् ? (हेर्नुस् फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर

काठमाडौं, १० मंसिर । नेकपा एमालेको १०औँ राष्ट्रिय माधिवेशन शुक्रबार चितवनमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले पाँच वर्षका लागि नेतृत्व चयन गर्दैछ ।

शुक्रबार महाधिवेशनको उद्घाटन कार्यक्रम नारायणी नदीको किनारमा गरिएको छ भने बन्दसत्र चितवनस्थित होटल सेभेनस्टारमा हुँदैछ । उद्घाटन कार्यक्रममा एमालेले देशभरका कार्यकर्ता उतारेको छ । यसअघि नै एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रममा पाँच लाख कार्यकर्ता उतार्ने घोषणा गरेको थियो । १० मंसिरदेखि १२ गतेसम्म चल्ने एमालेको महाधिवेशनका कारण चितवन अहिले एमालेमय बनेको छ । एमालेको महाधिवेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताले शुभकामना दिएका छन् ।

प्रतिक्रिया