‘नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउनुपर्छ’
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर

चितवन, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा देखिएका सबै खालका समस्याको संवाद, छलफल र संविधानमार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको बताएका छन् ।

शुक्रबार नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवालो भने, ‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक छ । हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्दछ ।’

प्रधानमन्त्री देउवाले सबै दल मिलेर नयाँ संविधान ल्याएको स्मरण गर्दै यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताए । प्रधानमन्त्री देउवाले कानुनी शासन र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउने नै सबै दलको लक्ष्य भएको बताए ।

प्रतिक्रिया