एमालेको महाधिवेशनमा प्रचण्ड नजाने, प्रतिनिधि पठाउने
अखबार टुडे
प्रकाशित:
२०७८, ९ मंसिर

काठमाडौ, ९ मंसिर । नेकपा एमालेको शुक्रबारदेखि चितवनमा सुरु हुने दशौँं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन् । पार्टी अध्यक्षको नाताले एमालेले प्रचण्डलाई निम्तो दिएको थियो ।

उद्घाटन समारोहमा एमालेले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने पक्का भएको छ । प्रधानमन्त्रीको सम्बोधनको सेड्य्ुअल समेत तयार एमाले तयार बनाएको छ ।

तर, एमालेले निम्तो दिएपनि माओवादी अध्यक्ष प्रचण्ड भने नजाने भएका छन् । नेकपा कालमा केपी ओली र प्रचण्डबीच सैद्धान्तिक टकराव अहिले पनि ज्यूँँकात्यू छ । त्यसैले पनि प्रचण्डले एमालेको महाधिवेशनमा शुभकामना दिन नजाने निर्णय गरेको बताइएको छ ।

प्रचण्डको पूर्व निर्धारित कार्यक्रम भएकाले चितवन नजाने माओवादी केन्द्रका नेता प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार स्थायी कमिटीका नेता एमाले महाधिवेशनको उद्घाटन समारोहमा पुग्ने छन् ।

प्रतिक्रिया