एमालेको महाधिवेशनबारे अध्यक्ष नेपालको प्रतिक्रिया, ‘नजाने गाउँको बाटै नसोध्नु’
अखबार टुडे
प्रकाशित:
२०७८, ९ मंसिर

काठमाडौं, ९ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको चितवनमा शुक्रबारदेखि सुरु हुने १०औँ महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताएका छन् । यसबारे बिहीबार पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रक्रिया दिएका हुन् ।

प्रत्रकारहरुको एक प्रश्नमा अध्यक्ष नेपालले भने, ‘नजाने गाउँको बाटो नसोध्नु ।’ नेता नेपालले एमालेलाई प्राइभेट कम्पनीको संज्ञा दिँदै अब एमालेसँग कुनै हालतमा एकता नहुने जिकिर बताए ।

‘त्यो पार्टी कम्युनिस्ट होइन, त्यहाँ एकता हुन्न’ उनले भने । पार्टीको झण्डा जनावरको हातमा दिएको प्रति पनि उनले कटाक्ष गरेका थिए । कर्णाली प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुगेका नेता नेपालले आफूहरूले पार्टीलाई गतिशील बनाउन चाहेको पनि बताए ।

प्रतिक्रिया