नेपाल खबर

एमालेको १०औँ महाधिवेशन : यसरी चुनिँदैछन् १५ पदाधिकारीसहित २२५ केन्द्रीय सदस्य

काठमाडौं, ९ मंसिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनको नारायाणी किनारमा सुरु हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी भइसकेको एमालेले जनाएको छ । मंसिर १२ गतेसम्म हुने महाधिवेशनको बन्दसत्र भने होटल सेभेन स्टारमा हुनेछ । महाधिवेशनले एमालेको पाँच वर्षे नेतृत्व चयन गर्नेछ ।

११ गते नै उम्मेदवारी फिर्ता र नामावली प्रकशन गर्ने र १२ गते मतदान प्रक्रिया सुरु हुने एमालेले जनाएको छ । भोटिङका लागि एक सय वटा विद्युतीय मतदान मेसिन तयारी गरिएको छ । एमालेको निर्वाचन आयोगले ९२ वटा मेसिनहरु निर्वाचनका लागि प्रयोग गर्ने छ ।

मतदानका क्रममा कुनै मेसिनमा खराबी आएमा विकल्पमा पाँच वटा मेसिन राखिएको छ । महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुनेछन् । उनीहरुले १५ पदाधिकारीसहित २२५ जना केन्द्रीय सदस्यको चयन गर्नेछ ।

पदाधिकारी (सबै खुला)–१५
अध्यक्ष–१
वरिष्ठ उपाध्यक्ष–१
उपाध्यक्ष–४
महासचिव– १
उपमहासचिव– १
सचिव– ७

केन्द्रीय कमिटी (खुला प्रतिस्पर्धा)– ९८
खुला– ६०
महिला– ३८
केन्द्रीय कमिटी (भौगोलिक क्षेत्र)– ४६ (३० खुला र १६ महिला)
सात प्रदेश– ४६ (प्रत्येक प्रदेशबाट ४ खुला र २ महिला)
उपत्यका विशेष– २ (१ खुला र १ महिला)
सम्पर्क समन्वय– २ (१ खुला र १ महिला)

केन्द्रीय कमिटी (समावेशी)– ६६ (खुला ४५ र महिला २१)

आदिवासी जनजाति– २२ (१५ खुला र ७ महिला)
मधेसी– १६ (११ खुला र ५ महिला)
दलित– १० (७ खुला र ३ महिला)
थारु– ६ (४ खुला र २ महिला)
मुस्लिम– ४ (३ खुला र १ महिला)
श्रमिक– ५ (३ खुला र २ महिला)
पिछडिएको क्षेत्र– ३ (२ खुला र १ महिला)
महाधिवेशनले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारीसहित सदस्यहरु पनि निर्वाचित गर्नेछ । दुवै आयोगमा पदाधिकारीसहित १५ जना सदस्य हुनेछन् ।

दुवै आयोगका ढाँचा यस्तो छ–
अध्यक्ष– १ (खुला)
उपाध्यक्ष– १ (खुला)
सचिव– १ (खुला)
सदस्य– १२ (७ खुला र ५ महिला)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top