स्वीडेनकी प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घन्टामै राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७८, ९ मंसिर

काठमाडौं, ९ मंसिर । स्वीडेनकी पहिलो महिला म्याग्डलेना यान्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन् ।

बुधबार म्रधानमन्त्रीमा नियुतm भएका यान्डरसनलाई उनको गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिएकी हुन् । यान्डरसनले राजीनामा दिएपछि स्वीडेनमा बजेट पारित हुन सकेन । उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले ‘उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको’ बजेट स्वीकार गर्न नसकेको जनाएको छ ।

यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन् । स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भएकी थिए । संसद्का ३४९ सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए । उनलाई समर्थन गर्ने ११७ सांसद्सहित थप ५७ जना तटस्थ रहेका थिए जसले गर्दा उनले एक मतले जीत हासिल गरिन् ।

प्रतिक्रिया