‘सर्वोच्चको समस्या समधानका लागि प्रधानन्यायाधीश र न्यायधिकारीले राजीनामा दिनुपर्छ’
अखबार टुडे
प्रकाशित:
२०७८, ८ मंसिर

काठमाडौं, ८ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सर्वोच्च अदालतमा देखिएको विवाद तत्कालका लागि नियन्त्रण गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालगायतका न्यायधिकारीले राजीनामा दिनुपर्ने जनाएको छ ।

बुधबार पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा नेपालको विद्यमान न्यायपालिका र सर्वोच्च अदालत भ्रष्टाचार, अनियमितता, सेटिङ, घुसखोरी, नातावाद, कृपावाद, दलगत स्वार्थ र सम्बन्ध लगायतका समस्याहरूबाट ग्रसित रहेको उल्लेख गर्दै प्रधानन्यायाधीश र न्यायअधिकारीहरुको राजीनामाले मार्ग प्रशस्त गर्नु नै उचित ठहरिने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यो समस्या व्यक्ति विशेषको मात्र नभएर नेपालमा सत्तासीन दलाल पुँजीवादी वर्गको संसदीय व्यवस्थाको गइभिर समस्या हो । यसको अन्तिम र रणनीतिक समाधान सङ्घर्षरत पक्षले दलाल संसदीय व्यवस्था र भ्रष्ट एवं जनविरोधी न्यायपालिकाको अन्त्य गरेर नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था र न्याय प्रणालीको स्थापनाबाट खोज्नु पर्दछ । यसका निम्ति जनमत सङ्ग्रह उपयुक्त राजनीतिक कार्यक्रम सिद्ध भएको छ ।’

प्रतिक्रिया