इजरायलको हवाई आक्रमण: चार सिरियालीको मृत्यु, छ सैनिक र एक नागरिक घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, ८ मंसिर

दमास्कस, ८ मङ्सिर (एजेन्सी) । मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई सर्वसाधारण दुई सैनिकको रहेको बताइएको छ ।

आक्रमणबाट सात जना घाइते भएका छन् । घाइते मध्ये छ सैनिक र एक नागरिक रहेको आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ । आक्रमण देशको मध्य भागका स्थानहरुलाई लक्षित गर्री गरिएको समाचार एजेन्सी सानाले जनाएको छ ।

यस आक्रमणको अन्य विस्तृत विवरण भने साना समाचार समितिले उल्लेख गरेको छैन् । सिरियाको हवाई सैन्यबलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेएको सानाले समाचार समितिले जनाएको छ । सिरियामा व्यक्तिगत आक्रमणहरू विरलै स्वीकार गर्दै आएका इजरायली सेनाले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुलाई टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएदेखि इजरायलले सिरियाली भूमिमा सयौं हवाई आक्रमणहरु गरेको छ । सरकारी स्थानहरु साथै इरान समर्थित सेनाहरु र लेबनानको हिजबुल्लाह आन्दोलनका लडाकूहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ । इजरायलले बारम्बार छिमेकी सिरियालाई आफ्नो कट्टर शत्रु इरानको ‘लन्चप्याड’ बन्न नदिने बताउँदै आएको छ ।

प्रतिक्रिया