रुकुम उडेको जहाज किन नेपालगञ्ज अवतरण गरियो ? : यस्तो छ निगमको स्पष्टिकरण
अखबार टुडे
प्रकाशित:
२०७८, ८ मंसिर

काठमाडौं, ८ मंसिर । काठमाडौंबाट रुकुमका लागि उडेको जहाज नेपालगञ्जमै अवतरण गर्नुको कारणबारे नेपाल वायुसेवा निगमले स्पष्ट पारेको छ । बुधबार विज्ञप्ति जारी गर्दै निगमले सो घटनाबारे बाहिर उठेको टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपालगञ्जमा अवतरण गराउनु बाध्यता भएको जनाएको छ ।

मंगलबार बिहान ५: १५ का लागि काठमाडौं–रुकुम (सल्ले) उडान तालिका तयको निगमको जहाज खराब मौसमका कारण समयमै उड्न नसकेको र ढिला गरी २: १५ मा मात्र उडेको निगमले जनाएको छ ।

उक्त जहाज सल्ले पुग्न बेलुकी ५ बज्ने तर जहाजको चालक दलसहितका अन्य कर्मचारीको ड्युटी समय ४ बजेसम्मको मात्र भएकाले बाध्यताले नेपालगञ्जसम्म उडान भर्ने निर्णयमा निगम पुगेको जनाएको छ ।

एक पाइलटले दैनिक १० घण्टासम्म उडान भर्न सक्ने अन्तर्राष्ट्रिय नियमअनुसार नै उक्त निर्णय लिइएको निगमको भनाइ छ । एकाबिहानैदेखि काठमाडौंमा रोकिएका सेवाग्राहीलाई घर फर्काउनुभन्दा नेपालगञ्जसम्म भएपनि पु¥याउ भन्नेले उद्देश्यले निगमले उडानको निर्णय लिएको स्पष्ट पारेको छ । गत मंगलबार सल्लेका लागि उडेको जहाज पाइलटको ड्युटी समय सकिएको भन्दै नेपालगञ्जमा आपत्कालीन अवतरण गरिएको थियो ।

प्रतिक्रिया