आफूले भनेको नमान्दा केपी ओली बालुवाटारबाट बालकोट पुगे: प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, ८ मंसिर

धनगढी, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्री भन्दा कम नभएको बताएका छन् ।

बुधबार कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन, तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’ आफूले भनेको नमान्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताए ।

प्रचण्डले भने, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुप¥याछ ।’

यस्तै, प्रचडले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको बताए ।

अध्यक्ष दाहालले न्यायालयले निकास दिन नसकेमा सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक कदम चालिने बताए । ‘न्यायालयमा अहिले जुन समस्या देखिएको छ । त्यो सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हा’, उनले भने, ‘न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौं ।’

अध्यक्ष दाहालले सरकार सञ्चालनमा सहयोग पु¥याउन गठित पाँच दलीय समन्वय समिति सरकारलाई निर्देशन गर्न नभइ पार्टीबीचको आपसी समझदारी, सहमति र आउन सक्ने समस्याको समाधान खोज्न बनाइएको स्पष्ट पार्दै अहिलेको गठबन्धनले चुनावसम्म निरन्तरता पाउने दाबी गरे । उनले भने, ‘‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावामा पनि मिलेरै जाने कुरा छ, गठबन्धनका बारेमा फैलाइएको भ्रम अन्त्य भएको छ ।’’

अध्यक्ष दाहालले अमेरिकाले दिने ऋण सहयोग र अनुदान सहयोग नलिने भन्ने नीति नेपालको नरहेको उल्लेख गर्दै आफूले अमेरिकी विदेशमन्त्रीसँगको भेटमा एमसिसी परियोजनाको ओरिजनल सहमतिको विषयमा कुरा गरेको र यसको विषयमा उठेको प्रश्नको सही जवाफ चाहिएको बताए ।

प्रतिक्रिया