अमेरिकी राष्ट्रपति बाइडेनको ‘डेमोक्रेसी समिट’मा नेपाललाई निम्तो
अखबार टुडे
प्रकाशित:
२०७८, ८ मंसिर

काठमाडौं, ७ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना गर्न लागेको ‘डेमाक्रेसी समिट’मा संसारभरिका प्रजातान्त्रिक मुलुकहरूलाई निम्तो दिइएको छ । जसमा नेपाल पनि परेको छ ।

अमेरिकी विदेश मन्त्रालय ह्वाइटहाउसले जानकारी गरेको सुचनाअनुसार डिसेम्बर ९–१० मा हुने भर्चुअल समिटमा नेपालसहित ११० देशलाई निम्तो दिइएको छ ।

मंसिर पहिलो साता काठमाडौं आएका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी उपविदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटका क्रममा उक्त समिटका लागि निम्तो दिएका थिए ।

निम्तो पाउनेमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्स मात्र निम्तो रहेका छन् । बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानलाई समिटमा निम्तो दिइएको छैन ।

अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका बाइडेनले यो समिटलाई निकै महत्वका साथ लिएका छन् । डोनाल्ड ट्रम्पका पालामा अमेरिकाले प्रजातान्त्रिक प्रणालीका लागि विश्वलाई नेतृत्व दिन नसकेका बेला बाइडेन प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन यो समिट आयोजना गरेका हुन् ।

प्रतिक्रिया