‘द बेस्ट’ फिफा अवार्डको मनोनयन सार्वजनिक, को-को परे मनोनयनमा ? (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, ७ मंसिर

काठमाडौं, ७ मंसिर । फिफाले ‘द वेस्ट’ फिफा अवार्ड मनोनयन सार्वजनिक गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार ‘द वेस्ट फिफा अवार्ड’मा उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक लगायत विभिन्न विधामा सोमबार मनोनयन सार्वजनिक गरेको हो ।

फिफाले सार्वजनिक गरेको मनोनयनको मध्ये पुरूषतर्फ २०२०को विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन् । महिलातर्फ १३ खेलाडी, महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन् । यस्तै, महिला र पुरुष गोलकिपरतर्फ समान ५ जना मनोनयनमा परेका छन् ।

मनोनयनमा पर्ने पुरूष खेलाडीहरू
लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, करिम बेन्जामा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एन गोलो कान्टे, किलियन एमबाप्पे, नेयमार र मोहम्मद सालाह छन् ।

मनोनयनमा पर्ने महिला खेलाडीहरू
स्वीडेनकी स्टिना ब्लाकस्टेनियस, स्पेनकी आइटाना बोनमाटी, इङ्ल्याणकी लुसी ब्रोन्ज, स्वीडेनकी म्याग्डालेना एरिक्सन, नर्वेकी क्यारोलिन ग्राहम ह्यान्सेन, डेनमार्ककी पेर्निल हार्डर, स्पेनकी जेनिफर हर्मोसो, कोरियाकी जी सोयुन, अष्ट्रेलियाकी साम केर, नेदरल्याण्डकी भिभियान मिडेमा, स्पेनकी एलेक्सिया पुटेलास, क्यानडाकी क्रिस्टीन सिन्क्लेयर र इङ्ल्याण्डकी एलेन ह्वाइट छन् ।

मनोनयनमा पर्ने प्रशिक्षकहरु
एन्टोनियो कोन्टे, हान्सी फ्लिक, पेप ग्वार्डिओला, रोवर्टो मान्चिनी, लिओनल स्कोलानी, डिइएगो सिमिओनी र थोमस टुचेल छन् ।

फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङको समय १० डिसेम्वरसम्म रहेको छ। फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ ।

प्रतिक्रिया